सहारा दैनिक

spot_img
Homeदेशमधेशआगलागीबाट घर सहित लाखौंको अन्नवाली जलेर नष्ट

आगलागीबाट घर सहित लाखौंको अन्नवाली जलेर नष्ट

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ बैशाख ।
सिमावर्ती भारतीय खेतबाट सल्केको आगोले पर्सा जिल्ला छिपहरमाई गाउपालिकामा लाखौंको क्षति गरेको छ ।
भारत बाट गहुंको खेतमा रहेको गहुंको ठुटोमा कुनै मानिसहरुले लगाएको आगो नेपाल तर्फ सल्किन गई नजिकै रहेको छिपहरमाई गा.पा. वडा नं. १ भलमहिया स्थित बस्तीका स्थानीयको लाखौंको क्षति भएको हो ।
शनिवार दिउसो ३ बजे देखि आगो सल्किदा छिपहरमाई गा.पा. वडा नं. १ भलमहियाका किसुनदेब हजराको फुसको घर, गहुं २० क्बिन्टल, लत्ताकपडा, भाडाबर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो सल्किदा स्थानीय चेतमन राउत अहिरको ६ कठ्ठामा रहेको गहुं, राजु यादबको ३३ कठ्ठामा रहेको गहुं र पराल, उपेन्द्र यादबको ८ कठ्ठामा रहेको गहुं, हाकिम यादबको ८ कठ्ठामा रहेको गहुं, ताराचन्द साह तेलिको ३०कठ्ठामा रहेको गहुं र पराल, भिखरी राउत अहिरको पराल, मलबोद यादबले संचान गरेको ओम पाथिभारा पशुपक्षी फर्म सहित २५ क्बिन्टल कुखुराको दाना जलेर नष्ट भएको छ भने कुखुरा ३५ वटा र फुसको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
सो आगलागीबाट स्थानीय बिरेन्द्र यादबको फुसको गोठ ,गहुं र भुस, साहेब राउत अहिरको पराल, जुगुल यादबको पराल, बिश्वनाथ यादबको पराल, मुनिल यादबको १० कठामा रहेको गहुं, अर्जुन यादबको १० कठामा रहेको गहुं र किशुनदेब यादबको ३ कठ्ठाको गहुं जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट अं.मु.रु. १२ लाख ८४ हजार बराबरको क्षति भएको जिप्रकाले जनाएको छ ।
दिउसो ३ बजे देखि सल्किएको आगो प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगंज महानगरपालिकाको दमकल, पोखरीया न.पा.को दमकल, बिपद ब्यवस्थपन गुल्म पर्साको दमकलको सहयोगमा बेलुकी ६ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -