सहारा दैनिक

spot_img
Homeदेशमधेशगुप्ता र कुशवाहा सहित ६ गोदामबाट २ करोड २० लाखको कपडा बरामद

गुप्ता र कुशवाहा सहित ६ गोदामबाट २ करोड २० लाखको कपडा बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ बैशाख ।
पमपम विल्डिङबाट प्रहरीले बरामद गरेको दुई करोड वीस लाख बराबरको कपडाहरु भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहिवार देखि खानतलासी सुरु गरेर शुक्रवार बरामद गरिएको विभिन्न ब्राण्डका कपडाहरू शुक्रवार सांझ भन्सार बुझाएको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय पर्साले आइतवार जारी गरेको पुर्ण विवरण सहितको प्रेस विज्ञप्तीमा वीरगंज महानगरपालिका वडा नं.६ तुल्स्यान मार्केट ( पमपम बिल्डिङ) मा घरकोठा भाडामा लिइ वी.म.न.पा.वडा नं.१६ को आकाश कुमार गुप्ता, वडा नं.६ को रामएकवाल कुशवाहाको गोदामका साथै हाल सम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरूबाट सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू लगायत रु.२ करोड २० लाख बराबरको मालबस्तुहरू बरामद गरिएको जनाएको छ ।


बरामद गरिएको मालबस्तुहरू वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -