सहारा दैनिक

spot_img
Homeदेशमधेशस्वास्थ्य दिवसको अवसरमा प्रहरीको थाइराइड परीक्षण

स्वास्थ्य दिवसको अवसरमा प्रहरीको थाइराइड परीक्षण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ चैत्र ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत कार्यरत प्रहरीहरूको निशुल्क थाइराइड परीक्षण गरिएको छ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा आइतवार जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीहरूको निःशुल्क थाइराइड परीक्षण गरिएको हो ।
जिप्रकामा कार्यरत १ सय २० जना प्रहरीको थाइराइड परीक्षण गरिएको जनाइएको छ ।
सानो पाइलाले एजिलस् ल्याबरोटरीसंगको सहकार्यमा प्रहरीहरूको थाइराइड परीक्षण गरिएको हो ।
कार्यव्यस्तता, जानकारीको अभाव, हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिमलाई मध्यनजर गरी जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -