सहारा दैनिक

spot_img
Homeसमाचारमधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

वीरगंज, १३ चैत्र ।
मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ ।
तराईमधेशमा होली मनाइएको दिनको अवसरमा एकता समाजले परम्परागत तरिकाले रंगहरुको पर्व होली मनाएको हो ।
मुस्लिमहरुको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसंगै उनीहरुले इफm्तार कार्यक्रम समेत राखेका थिए ।
होली कार्यत्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । यस्तै उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवालगायका मधेशका परिकार पकाएर खाएका थिए ।
एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले होली कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने महासचिव चन्द्रवीर यादवले कार्यक्रम संचालन गर्नुभएको थियो ।
मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रवीर यादवले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
सो अवसरमा मधेशी एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादवले होलीको शुभकामना दिदै समाजलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पवन ठाकुर, अभय ठाकुर, गौतम शर्मा, राम हृदय साह, कमलेश महतो, गंगा यादव, संजीव साह, राजा साह, श्याम साह, धर्मेन्द्र गुप्ता, मनिष गोस्वामी, जयप्रकास यादवलगायतका कतारमा रहेका मधेशीसंग सम्बन्धित विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -