सहारा दैनिक

spot_img
Homeसमाचारभ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १३ चैत (रासस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नवकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरेको छ ।
यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -