सहारा दैनिक

spot_img
Homeसमाचारभारतीय ओडिसी र नेपाली लोक नृत्य कार्यक्रम आयोजना

भारतीय ओडिसी र नेपाली लोक नृत्य कार्यक्रम आयोजना

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० चैत्र ।
पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा मनाउन शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य फ्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यत्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै सांस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको बताउनु भयो ।
भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गर्नुभयो ।
कार्यक्रममा श्रितकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभंगीमा ओडिसी नृत्यमार्फत प्रस्तुती गरिएको छ ।
त्यसै गरी लाखे नृत्यसंगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गर्नुभएको थियो । उहालाई संगीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिनुभएको थियो ।
बाराही घाट लेकसाइड पोखरामा आयोजित ऊक्त कार्यत्रममा काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले शुक्रवार काठमाडौंमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
यस कार्यक्रम पछि टोलीले आइतवार लुम्बिनी, मंगलवार वीरगंज र बुधवार धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -