सहारा दैनिक

spot_img
Homeसमाचारस्कुलको संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्छ–पूर्वमन्त्री यादव

स्कुलको संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्छ–पूर्वमन्त्री यादव

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० चैत्र ।
पूर्वमन्त्री प्रदिप यादवले स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने बताउनु भएको छ ।
बीरगंज स्थित चिल्ड्रेन वल्ड माबिको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. १ का सांसद समेत रहेका यादवले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा सरकारी तथा सामुदायिक बिद्यालयको बिषयमा आफ्नो धारणा राख्दै उहाले सामुदायिक बिद्यलायलाई सुधार गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
उहाले शिक्षकहरुले राजनितिक छोडनु पर्ने, पार्टीको झण्ड बोक्ने काम बन्द गर्नु पर्नेमा पनि जोड दिनु भयो ।
अहिले पनि सामुदायिक स्कुलका बिधार्थीहरु बोरामा वसेर पढी रहेको बताउदै पूर्वमन्त्री यादवले निजी बिद्यालय तथा समुदायिक बिद्यालयका बिधार्थीहरुले एक समान रुपमा शिक्षा पाउनु पर्ने बताउनु भयो ।
बिद्यालयले आयोजना गरेको बार्षिकोत्सव कार्यक्रममा स्कुलका बिधार्थी, शिक्षिक, शिक्षिका एवं आमन्त्रित अथितीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -