सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंज महानगरले कक्षा ८ को परिक्षा एकिकृत प्रणाली मार्फत लिइने

वीरगंज महानगरले कक्षा ८ को परिक्षा एकिकृत प्रणाली मार्फत लिइने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ चैत्र ।
वीरगंज महानगरपालिकाले एकिकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ ।
चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ ।
जसमा ६ सामुदायिक विद्यालय र ५ संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनु भयो ।
सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मा.वि., नृसिंह मा.वि., श्रीपुर मा.वि., शारदा मा.वि.बहुअरी, माइस्थान विद्यापिठ मावि र ने.रा.मा.वि सोलकपुरमा परिक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालय तर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जी.एच.पी. मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिनु भयो ।
यसवर्ष कक्षा ८ को महानगरस्तरीय बार्षिक परिक्षामा ३६ सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले जानकारी दिनु भयो ।
चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरुका काम कर्तव्यका बारेमा जानकारी गराएको छ । परिक्षा सकिएपछि परिक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरि नीतजा तयार पारेर चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिनु भयो ।
आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उदेश्यले महानगरमा पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिन लागेको शिक्षा महाशाखा प्रमुख कर्णले बताउनु भयो ।
कर्णका अनुसार, एकिकृत परीक्षा प्रणाली सुरुभएसंगै अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ । विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुंदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकिकृत परीक्षा प्रणाली सुरु गरेको उहाले बताउनु झयो ।
मंगलबार नियुक्त केन्द्राध्यक्षहरुलाई महानगरका मेयर राजेशमान सिंहले नियुत्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -