सहारा दैनिक

spot_img
Homeदेशमधेशअन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजन

अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहिवार वीरगंजमा प्रभात फेरी अन्तरगत शान्ति र्‍याली, सरसफाई र वृक्षरोपण कार्यक्रम गरिएको छ ।
आमा नेपाल फाउन्डेशन, वीरगंज महानगरपालिका, वीरगंज नर्सिङ क्याम्पस, हरिखेतान बहुमुखि क्याम्पस र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाले संयुक्त रुपमा बिहिवार विहान प्रभात फेरी अन्तरगत शान्ति र्‍याली निकालिएको छ ।
वीरगंज स्थित विर्ता मन्दिर परिसरबाट निकालिएको शान्ति र्‍याली नगर परिक्रमा गरी पुनः विर्ता मन्दिर परिसरमा पुगेर सरसफाई गरी कोणसभा मार्फत समापन गरिएको थियो ।


संयुक्त राष्ट्रसंघको “Invest in women : Accelerate progress” भन्ने अन्तर्रार्ष्ट्रिय नारा तथा “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रि नाराका साथ आर्थिक र सामाजिक सशक्तिकरणका लागि महिलामा लगानीको सुनिश्चित गर्न सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा आयोजित प्रभात फेरी शान्ति र्‍यालीमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पत्नि अन्नपुर्ण मानन्धर, वीरगंज मानगरपालिका कार्यपालिका सदस्य राधा कार्की, वरिगंज नर्सिङ क्याम्पसका प्रमुख डा. कल्पना पौडेल, आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर, समामुदायिक सेवा केन्द्रका अध्यक्ष मज्जिद मिँया, आमा नेपाल फाउन्डेशनका पदाधिकारी तथा सदस्यहरुका साथै विद्यार्थीहरु, वडा प्रहरी कार्यालय विर्ताका प्रहरीहरु लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।
र्‍यालीको समापन पश्चात वीरगंज नर्सिङ क्याम्पस परिसरमा अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा “प्रत्येक रुखलाई लैंगिक समानताको प्रगतिको प्रमाण बनाऔं”ं भन्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम गरिएको आमा नेपाल फाउन्डेशनले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -