सहारा दैनिक

spot_img
Homeदेशमधेशमहिला दिवसको अवसरमा चिकित्सकहरु सम्मानित

महिला दिवसको अवसरमा चिकित्सकहरु सम्मानित

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवस एमनेस्टी इन्टरनेशनल नेपाल समूह १६ ले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमनेस्टी इन्टरनेशनल नेपाल समूह १६ ले नारायणी अस्पताल वीरगंजका बिरामीहरुलाई फलफुल, जुस र खाजा वितरण गरेको छ ।


एमनेस्टीका अध्यक्ष प्रकाश बाहेतीको सभापतित्वमा आयोजित कार्यक्रम विच नारायणी अस्पतालका ३ जना महिला बरिष्ठ चिकित्सक र १ जना बरिष्ठ नर्सलाई सम्मान पनि गरेको छ ।
कार्यक्रममा डा. दिप्ती यादव, डा. प्रिती यादव र डा. अस्मिता उपाध्यायका साथै नर्स हेमा थापालाई सम्मान गरिएको अध्यक्ष बाहेतीले जानकारी दिनु भयो ।


कार्यक्रममा एमनेस्टीका सचिव रजनीश झा, कोषाध्यक्ष कमलेश अग्रवाल, बोर्ड सदस्य विजय गुप्ता, सुनिल महतो, विशाल झा, सन्नी पाख्रिन र शम्भु घेम्रे लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -