सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ फागुन ।
वीरगंजमा जारी अनिस्चितकालिन कर्फ्यू आदेश बुधवार राती १० बजे सम्मको लागी स्थगित गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ६ बजे देखि ११ बजे सम्मको लागी स्थगित गरेको कर्फ्यू आदेशलाई लम्ब्याएर राती १० बजे सम्मका लागी स्थगित गरिएको जारी कर्फ्यू आदेश सम्बन्धि सुचनामा उल्लेख छ ।
जिल्ला प्रशासनद्वारा जारी आदेशमा फागुन ७ गते सोमवार वेलुका ५ बजे देखि अर्को आदेश नभएसम्मका लागी कर्फ्यू आदेश जारी गरिएकोमा सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी हाललाई फागुन ९ गते बुधवार बिहान ११ बजे देखि बेलुकी १० बजे सम्मका लागी कर्फ्यू आदेश स्थगित गरिएको उल्लेख छ ।
यसै विच पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले स्थिति समान्य रहेकोले राती १० बजे सम्म स्थगित गरिएको जानकारी दिनु भयो ।
उहाले समान्य स्थिति रहे क्रमशः कर्फ्यू आदेश हटाउने बताउनु भयो ।
रौतहट जिल्ला इशनाथ नगरपालिकामा फागुन ३ गते सरस्वती पुजाको मृर्ति विसर्जनको क्रममा दुई समुदाय विच भएको झडपलाई लिएर फागुन ७ गते सोमवार हिन्दु समाजले वीरगंज विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाए पछि अर्को समुदायले पनि वीरगंज प्रदर्शन सहित तोडफोडमा उत्रिए पछि भएको झडप पश्चात स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सोही दिनु सांझ ५ बजे देखि अनिस्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो ।
Facebook Comments Box