सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ माघ ।
पुर्व राजा ज्ञानेन्द्र विर विक्राम शाहको नागरिक अभिनन्दन लगायत विभिन्न कार्यक्रम सफल भएको मुल समारोह समितिले जनाएको छ ।
स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समिति वीरगंजले शनिवार एक प्रेस विज्ञप्ती जारी गरी पुस र माघ महिनामा विभिन्न स्थानमा पुर्व राजाको भएको स्वागत तथा अभिनन्दन कार्यक्रम सफल बनाइ दिएकोमा सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
मुल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जारी गरेको विज्ञप्तीमा स्वागत तथा अझिनन्दन कार्यक्रममा सहयोग गर्ने संचारमाध्यम, राजनितिक दल, सरकारी तथा गैर सरकारी संस्था र अन्य सहयोगीहरु सबैलाई कार्यत्रम सफल बनाइ दिएकोमा धन्यवाद ज्ञापन गर्दछौं उल्लेख छ ।
विज्ञप्तीमा पुर्व राजा शाहको पुस २८ गते सर्लाही जिल्ला स्थित बरहथवा, माघ २ गते रौतहट जिल्ला शिवनगर स्थित शिवमन्दिर, माघ ४ गते बारा जिल्ला गढिमाईमा भएको धार्मिक भ्रमण तथा माघ १३ गते पर्साको वीरगंजमा भएको नागरिक अझिनन्दन कार्यक्रमका त्रममा भएको आमदानी तथा खर्च विवरण समेत सार्वजनिक गरेको छ ।
आमदानी तर्फ मुल समारोह समितिका पदाधिकारी तथा केही उद्योगी व्यवसायीबाट प्राप्त रकम उल्लेख गरेको छ भने खर्च तर्फ प्रचार प्रसार, टेन्ट, झण्डा, फुल माला, मसलन्द, सवारी साधन पर्चा पम्पलेट, फ्लाक्स प्रिन्ट लगायत विभिन्न खर्चहरु उल्लेख गरेको छ ।
Facebook Comments Box