सहारा दैनिक

spot_img
Homeदेशमधेशटेक्नो ब्राण्डको “स्पार्क गो २०२४” मोडलको मोबाइल लन्च

टेक्नो ब्राण्डको “स्पार्क गो २०२४” मोडलको मोबाइल लन्च

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ माघ ।
टेक्नो ब्राण्डको “स्पार्क गो २०२४” मोडलको मोबाइल लन्च भएको छ ।
वीरगंज आदर्शनगर स्थित होटल क्रिशलामा आयोजित एक कार्यत्रम विच विभिन्न सुविधा भएको “स्पार्क गो २०२४” मोडलको मोबाइल लन्च भएको हो ।
अधिकृत विक्रेता एसएस ट्रेडि· वीरगंजका संचालक प्रकाश वाहितीको अध्यक्षतामा आयोजित कार्यक्रममा टेक्नो ब्राण्डका नेपालका सुपर डिष्ट्रिव्युटरका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा “स्पार्क गो २०२४” मोडलको मोबाइल लन्च गरिएको कार्यक्रममा सहभागी व्यवसायी संजय सर्राफले बताए ।


पर्सा र बारा जिल्लाका विभिन्न सहरका व्यवसायीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा सुपर डिष्ट्रिव्युटर काठमाण्डौंबाट आएका सिइओ शन्तोष भण्डारी, एनएसएम मनिस गुप्ता, विजनेस प्रमुख नरेन्द्र बज्राचार्य, एएसएम अर्विन्द सिंह, सिनियर एएसएम भवेश झा लगायतको उपस्थिति रहेको थियो ।
“स्पार्क गो २०२४” मोडलको मोबाइलमा ओक्टाकोर प्रोसेसर ८ जिवि र्‍याम ६४ जिवि रोम, १३ मेघापिक्सेल क्यमरा, स्टेरियो डुवल स्पीकर, ५००० एमएएच व्याट्री सय दिनको रिप्लेसमेन्ट सुविधा समेत रहेको वीरगंजका अधिकृत विक्रेता एसएस ट्रेडि·का संचालक प्रकाश वाहितीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -