सहारा दैनिक

spot_img
Homeदेशमधेशलाखौं मुल्य बराबरको अवैध सामान नियन्त्रण

लाखौं मुल्य बराबरको अवैध सामान नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ माघ ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको लाखौं मुल्य बराबरका सामानहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमवार सांझ वीरगंज महानगरपालिका वडा नं. १६ बसपार्कबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको औषधी मेसिन तथा जुत्ता लगायतका मालबस्तुहरू बसपार्कतर्फ लग्दै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ उक्त मालबस्तुहरू छाडी फरार भए पछि वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाएको जिप्रकाले जनाएको छ ।
मालसामानहरु अं.म. रू. ७ लाख ३७ हजार ६ सय मुल्यबराबरको रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -