सहारा दैनिक

spot_img
Homeसमाचारअग्रवालको ठगी धन्दा विरुद्ध दुतावासमा पनि उजुरी

अग्रवालको ठगी धन्दा विरुद्ध दुतावासमा पनि उजुरी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ पुस ।
पोप्स फुड प्रोडक्टस वीरगंजका संचालक अशोक अग्रवालको ठगी धन्दा विरुद्ध भारतीय महावाणिज्य दुतावासमा पनि उजुरी परेको छ ।
पोप्स फुड प्रोडक्टस वीरगंजका संचालक अशोक अग्रवालका छोरा अरविन्द अग्रवालले सस्तो मुल्यमा चुइगम निर्यात गरिदिने भनी भारतीय व्यापारीबाट ठगी गरेको रकम फिर्ताको माग गर्दै भारतीय महावाणिज्य दुतावास वीरगंजमा उजुरी परेको हो ।
भारत गुजरात राज्य अहमदावादका व्यापारी जयप्रकाश पप्तानीले भारतीय महावाणिज्य दुतावास वीरगंजमा उजुरी दिएका हुन ।
ति व्यापारीले यस अघि वडा प्रहरी कार्यालय विर्ता उजुरी दिंदा पोप्स फुड प्रोडक्टसका संचालक अरविन्द अग्रवालले लिखित सहमती गरे पनि रु. २५ लाख फिर्ता नगरेको भारत गुजरात राज्य अहमदावादका व्यापारी जयप्रकाश पप्तानीले गुनासो व्यक्त गरेका हुन ।
पोप्स फुड प्रोडक्टसका संचालक अग्रवालले सस्तो मुल्यमा चुइगम निर्यात गरिदिने भनी ति भारतीय व्यापारीबाट रु. २५ लाख लिएर चुइगम नपठाए पछि वडा प्रहरी कार्यालय विर्तामा निवेदन दिएका थिए ।


वडा प्रहरी कार्यालय विर्तामा पोप्स फुड प्रोडक्टसका संचालक अग्रवालका छोरा पोप्स फुड प्रोडक्टसका संचालक समेत रहेका अर्विन्द अग्रवालले सन. २०२३ डिसेम्बर २५ सम्म सम्पुर्ण रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता गरे पनि हालसम्म रकम नपठाएको भारतीय व्यापारीले गुनासो गरेका छन ।
अग्रवालले बजार मुल्य झण्डै भा.रु. ६० पर्ने चुइगमको भारतीय व्यापारीलाई प्रति डिब्बा भा.रु. ३४ कै दरमा दिने भनी प्रलोभनमा पारेर उक्त रकम ठगी गरेको जयप्रकाशले बताएका छन ।
यस सम्बन्धमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालसंग बुझ्दा उहाले यस बारे भारतीय महावाणिज्य दुतावासबाट फोन आएको भए पनि आफु यस सम्बन्धमा बुझेर मात्र केही भन्ने बताउनु भयो ।
प्रतिष्ठित व्यवसायी स्व. मेरचन्द अग्रवालका माइलो छोरा रहेका अशोक अग्रवाल आफ्ना बाबुको मान प्रतिष्ठा कै आडमा नेपाल तथा भारतका व्यापारीहरुबाट यसरी रकम ठगी गर्न सफल भएको उद्योगी व्यवसायीहरु बताउछन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -