सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ पुस ।
नेकपा (एकिकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले नेकपा एकिकृत समाजवादी भ्रष्टाचार विरुद्ध अगाडि बढेको बताउनु भएको छ ।
एकीकृत समाजवादी पर्साद्वारा वीरगंज स्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
उहाले देशलाई समृद्धिको बाटोमा लैजान नेताहरु भ्रष्टचारबाट बाहिर निस्कनु पर्छ, मुलुक भ्रष्टाचार मुक्त हुनु पर्छ भन्दै युवाको विदेश पलायन रोक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जोड दिनु भयो ।
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेपालसित पैसाको कमी भएका कारण विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्नेमा जोड दिंदै खनिज पदार्थको उत्खन्न गर्न सके देशमै नयाँ–नयाँ उद्योग धन्दा बिस्तार गर्न सकिने वताउनु भयो ।
उहाले धेरै–धेरै खनिज पदार्थ उत्खन्न गर्नुभयो भने खनिज पदार्थबाट पनि नयाँ–नयाँ उद्योग धन्दा खोल्न सकिन्छ, हामीकहाँ बरु पैसा कम छ, विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्छ भन्नु भयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता/कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रबेश गरेका छन ।
कार्यक्रममा वीरगंजका व्यवसायी कुन्दन रौनियारको नेतृत्वमा विनोद गुप्ता, संतोष गुप्ता, रुपक सर्राफ, रवि रौनियार, मदन रौनियार, राजु साह, लक्की रौनियार, अरमेन्द्र चौरसिया, रणजित कर्ण, विकाश रौनियार, राकेश केशरी लगायतले एकीकृत समाजवादीमा प्रबेश गरेका हुन ।
त्यसै गरी वीरगंज महानगरपालिका वडा नं. २९ का मधु प्रसाद महतो, अविनाश महतो, पवन कुमार मण्डल, सूर्य महतो, वडा नं. १६ का रंजित साह कलवार, संदिप पटेल, विकी पटेल, वडा नं. २१ का हेमन्त चौहान, विवेक मुखिया, विजय यादव, वडा नं. ११ का अर्जुन जयसवाल, उदय सर्राफ लगायतकाले पार्टीमा प्रबेश गरेका छन ।
एकीकृत समाजवादी पर्साका अध्यक्ष बाल गोपाल थापाको सभापतित्वमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सचिव एवम् पूर्व मन्त्री नागेन्द्र चौधरी, प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठ, पार्टीका पोलिट ब्यूरो सदस्य रामचन्द्र साह, सरला यादव, पुष्पा कर्ण, चिरन्जीवी अचार्य, दिनेश राई, लेखा समिति सदस्य किशोरी कुशवाहा, पर्सा जिल्ला उपाध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवनान लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box