सहारा दैनिक

spot_img
Homeदेशबागमतीबोरामा बाँधेर फालेको अवस्थाम दुई शव फेला

बोरामा बाँधेर फालेको अवस्थाम दुई शव फेला

चितवन, ६ मङ्सिर (रासस)
भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०(३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो ।
शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उहाँले बताउनुभयो । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -