सहारा दैनिक

spot_img
Homeदेशमधेशचुरे उत्खनन् गर्ने निर्णयहरुको जसपाले विरोध गर्ने

चुरे उत्खनन् गर्ने निर्णयहरुको जसपाले विरोध गर्ने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ कार्तिक ।
जनता समाजवादी पार्टीले मधेस प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई सिफारिस गरेको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई मधेस प्रदेश सभा सदस्यको लागी सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने र त्यसको लागी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन पनि गरेको छ ।
समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् ।
बैठकले गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको छ ।
त्यसैगरी चुरे उत्खनन् गरी निकासी पैठारी सम्बन्धी सरकारी निर्णयको पार्टीले बिरोध गर्ने निर्णय गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -