spot_img

कपडा तथा खुद्रा सामानहरू लोड ट्रक नियन्त्रण



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ कार्तिक ।
बिल बिजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू लोड रहेको एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट झापातर्फ जांदै गरेको ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्दा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा रहेको रेडिमेट कपडा तथा खुद्रा सामानहरूको अ.मु.रू.४२ लाख ३२ हजार ८ सय २७ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर