सहारा दैनिक

spot_img
Homeदेशमधेशकटुवा पेस्तोल सहित दुई पक्राउ

कटुवा पेस्तोल सहित दुई पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ कार्तिक ।
अवैध कटुवा पेस्तोल सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजााच गर्ने क्रममा कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले कार्तिक ७ गते बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक वी.म.न.पा.वडा नं.२६ बस्ने २१ वर्षीय साहिल अन्सारीलाई खानतलासी गर्दा निजले पिठ्यूमा भिरेको झोलामा कटुवा पेस्तोल १ थान फेला परे पछि उक्त पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न वी.म.न.पा.वडा नं.२६ बस्ने २६ वर्षीय सरफराज अन्सारी समेतलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा दुबै जना मिलेर उक्त पेस्तोल खरिद गरी ल्याएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत आइतवार जनाएको हो ।
पेस्तोल सहित पक्राउ परेका दुवै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -