spot_img

राष्ट्रसंघीय शान्ति मिसनको नेतृत्व नेपालले पाउनुपर्छ–राष्ट्रपति



काठमाडौँ, १२ कात्तिक (रासस)
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आउनुभएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टु·ोमा पुर्‍याउने र राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपालको योगदान र जिम्मेवारीलगायत समसामयिक विषयमा राष्ट्रसंघीय उच्च प्रतिनिधिमण्डलको ध्यानाकर्षण गर्नुभयो ।
उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका यसका नकारात्मक परिणामबारे गम्भीर हुन अनुरोध गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसंघ प्रतिनिधि मण्डलसमक्ष आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले ॅजलवायु परिवर्तनका कारण हामी होइनांैँ, अरूले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौँ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण बिगार्नेहरुलाई उनीहरुको दायित्व पूरा गर्न झक्झक्याउनुपर्छ, जलवायु परिवर्तनका दुष्प्रभाव हामीले ब्यहोर्‍यौँ, अब सारा विश्व र मानवजातिले नै ब्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले त्यसविरुद्ध संयुक्त प्रयास गरौँ । त्यसको नेतृत्व राष्ट्रसंघले लिनुपर्छ”, राष्ट्रपति पौडेललाई उद्धरण गर्दै सल्लाहकार पोखरेलले राससलाई बताउनुभयो ।
भेटका क्रममा सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविरजस्ता स्थलको भ्रमण स्वयम् महासचिवले गर्नुहुने भएकाले सेता हिमाल कसरी काला हुँदैछन्, अतिवृष्टि र अनावृष्टिका कारण परेको प्रभाव आफैँ महसुस गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले बृहत् शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो ।
राष्ट्रपतिले पीडितलाई न्याय, दण्डहीनतालाई निरुत्साहित गर्नेगरी भएको अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासोलाई दृष्टिगत गरी मेलमिलापको सिद्धान्तका आधारमा बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको श्री पोखरेलले जानकारी दिनुभयो ।
अहिलेको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रसंघको भूमिका अझ बढेको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रसंघीय शान्ति ॅमिसन’को नेपाल दोस्रो ठूलो योगदानकर्ता भएको स्मरण गराउँदै शान्ति सेनामा मार्फत नेपालले गरेको योगदानका निम्ति शान्ति सेना नेपाललाई नेतृत्व तहको जिम्मेवारी उपलब्ध गराउन महासचिव गुटेरेससँग अनुरोध गर्नुभएको थियो ।
महासचिव गुटेरेसले हरित गृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ॅकोप’ प्रस· उठाउँदै जलवायु परिवर्तनका नकारात्मक असरबारे विश्वलाई सन्देश प्रवाह गर्न आफू नेपाल भ्रमणमा आएको बताउनुभयो ।
आफ्नो नेपाल भ्रमण तीन ॅएजेण्डा’मा केन्द्रित रहेको जानकारी दिँदै महासचिव गुटरेसले नेपालको सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकाले यहाँ आएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा तयार गरेको स्मरण गर्दै महासचिवले राष्ट्रपति पौडेलकै कार्यकालमा त्यसका बाँकी काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पदाधिकारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।
यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री साउदसँग बेग्लाबेग्लै भेट गर्नुभएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँले संघीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गर्नुभएको छ ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेफालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सि·र–हाम्दी र संयुत्त राष्ट्रसंघको प्रधान कार्यालयका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर