सहारा दैनिक

spot_img
Homeदेशमधेशअवैध सामान सहित ट्रक नियन्त्रण

अवैध सामान सहित ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ कार्तिक ।
बारा प्रहरीले अबैध सामान सहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.३.ख.५६७२ नम्बरको ट्रक बारा जिल्ला जितपुरसिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले उक्त ट्रकलाई रोकेर चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढी श्रोत खुलाउन नसकेको अवस्थामा फेला परे पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले ट्रक सहित हार्डवेयर तथा अटो पार्टहरु अं.मु. रु. ५९ लाख १२ हजार ७ सय १७ बराबरको नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -