spot_img

बडा दशै अवसरमा शुभकामना अदानप्रदान



राधेश्याम साह–––––––––––––––
गौर, ०१ कार्तिक ।
नेपाली कांग्रेस गौर नगर समितिले नेपालीहरूको महान चांडपर्व बडा दशै, दिपावली र छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा नेपाली कांग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवको अध्यक्षतामा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा चाडपर्वको समयमा गाउघर र बजार क्षेत्र भित्र बढी फोहर मैला, हो–हल्ला, जांड–रक्सि, लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र सरसफाइ अभियानमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मुस्लिम संघ मधेश प्रदेशका कोषाध्यक्ष सर्फराज तैयब, नेपाली कांग्रेस रौतहट क्षेत्र नं १ का सचिव संजय कुमार यादव, प्रदेशसभा (क) सभापति अवधकिशोर साह, जिल्ला सदस्य गुलरेज अहमद, युवा नेता शेख मनिर आलम, समाजसेवी लोकेन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर