सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ असोज ।
प्रहरी दिवसको अवसरमा वीरगंज स्थित गहवामाई मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
६८ औं प्रहरी दिवसको अवसरमा सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र मिनाबजार र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा गहवामाई मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको हो ।
सामुदायीक सेवा केन्द्र मिनाबजारका अध्यक्ष वाशुदेव सहनीको नेतृत्वमा उपाध्यक्ष प्रवेश सर्राफ लगायत पदाधिकारीका साथै प्रहरी सहायक निरिक्षक मिना बडाल सहित जिल्ला प्रहरी कार्यालय पर्साका टोलीको सहभागितामा मन्दिर सरसफाई गरिएको हो ।
सरसफाईका क्रममा मन्दिर तथा परिसरमा बढाल्नुको साथै सरफ र पानीले माझेर सफाई गरिएको सामुदायीक सेवा केन्द्रका उपाध्यक्ष प्रवेश सर्राफले बताउनु भयो ।
Facebook Comments Box