spot_img

नागढुंगा–नौविसे सुरुङमार्ग एक महिनाभित्र टनेलको ब्रेक थ्रू गर्न निर्देशन



सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २७ असोज ।
स्थानीय समस्याले केही समय अबरुद्ध बनेको नागढुंगा नौविसे सुरुङमार्गको निर्माण कार्य पुनः शुरु गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खाडल परेको ठाउको विज्ञद्वारा अनुसन्धान गराउने र चर्किएका घरहरुलाई अस्थायी स्थानान्तर गर्ने निर्णय गरेपछि अबरुद्ध सुरुङमार्गको काम पुनः सञ्चालनमा आएको निजी सचिव रामहरी शर्माले बताउनुभएको छ ।
सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटर माथी खाड्ल परेको थियो भने ९ वटा घरहरु चर्किएका थिए ।
आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्रीज्यूले तत्काल सर्वपक्षीय बैठक बोलाउनुभएको थियो निजी सचिव शर्माले भन्नुभयो पीडितपक्ष, त्यसक्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहवरमा निर्णय भएपछि आयोजनाको काम शुरु भएको हो ।
सुरुङमार्ग निर्माणका क्रममा भएका समस्याहरुलाई समाधान गर्न सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सुरुङमार्ग निर्माण स्थलमा कसरी खाड्ल पर्‍यो ? कति घरहरु चर्केका छन्, त्यसको कारण पत्ता लगाउन र पीडितहरुलाई स्थानान्तरणको ब्यवस्था गर्न समिति बनेको हो ।
आयोजना प्रभावित क्षेत्रको बांकि मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय पनि भएको छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौसंग समन्वय गरेर तत्काल समस्या सामधान गर्ने निर्णय भएको शर्माले बताउनुभयो ।
अबरोध हटेपछि मन्त्री ज्वालाले करिव एक महिनाभित्र सुरुङमार्गको मुख्य टनेल ब्रेक थ्रू हुनेगरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिनुभएको छ । सहायक टनेलको ब्रुेक थ्रु भइसकेको छ भने मुख्य टनेलको काम अन्तिम चरणमा छ । करिव २ सय मिटर मात्र काम बांकि रहेको आयोजनाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर