सहारा दैनिक

spot_img
Homeदेशमधेशराजस्व अनुसन्धानले व्यापारीलाई दुःख दिएको सांसद यादवको आरोप

राजस्व अनुसन्धानले व्यापारीलाई दुःख दिएको सांसद यादवको आरोप

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ असोज ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सांसद प्रदीप यादवले राजस्व अनुसन्धान विभागले व्यापारीलाई दुःख दिएको आरोप लगाउनु भएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्दीका कारण व्यापार व्यवसाय चौपट भएका बेला राजस्व विभागले अनावश्यक रुपमा छापा मारेर दुःख दिएको आरोप लगाउनु भयो ।
उहाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै मन्दीका कारण वीरगंजसहित देशभर व्यापार चौपट भएको छ । उद्योग कलकारखानाले आफ्नो उत्पादनमा आधा कटौती गरी जसोतसो चलिरहेका छन् । उत्पादन पनि बजारमा नपाएको अवस्था छ । मन्दी भएको बेला व्यवसायीलाई राहत दिनुको साटो प्रधानमन्त्री कार्यालय मातहतमा रहको राजस्व अनुसन्धान विभागले साना ठूला व्यापारीलाई दुःख दिने काम गरिरहेको भन्नु भयो ।
कसैको बहिखाता त कसैको कम्प्युटर उठाउने, कसैलाई यसै तनाव दिने, अनि कम्प्युटरमा केही फेला नपरेपछि अनावश्यक जरिवाना गरिदिने, कुनै न कुनै बहाना लगाएर जरिवाना गरिदिने र दुःख दिने काम राजस्व विभागले देशभरी नै गरिरहेको उहाले आरोप लगाउनु भयो ।
सांसद यादवले कालीमाटीका तरकारी व्यवसायी, आलुप्याज व्यवसायी, कुलेश्वरका फलमण्डकीका व्यापारी, वीरगंजका कलकारखाना व्यवसाय गरिरहेका व्यवसायीलाई दुःख दिने, फोन गरेर तुरुन्त बहिखाता लिएर आउनुस् भन्ने, तर्साउने अनि बीचमा बार्गेनिङको काम गर्ने, दलालहरु सक्रिय पार्ने गरिरहेको छ भन्दै प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, मातहत रहेको राजस्व अनुसन्धान विभागलाई नियन्त्रणमा राखेर लगाम लगाउने काम सरकारले गरोस् भन्नु भयो ।
सांसद यादवले मिटरब्याजबाट पीडितलाई कानुनी दायरामा ल्याउन संसदले कानुन बनाए पनि त्यसको दुरुपयोग भएको दाबी पनि गर्नु भयो ।
कानुन बनेपछि काम सुरु भयो तर अनुचित लेनदेन पीडितको पक्षमा काम भएको छैन । पीडकको पक्षमा काम भइरहेको छ । जो सित पैसा छ, जसको पहुंच छ, जो बार्गेनिङ गर्न सक्छ, त्यसको पक्षमा अहिले काम भइरहेको छ उहाले भन्नु भयो ।
गृह मन्त्रालयले निगरानी गर्नुपर्दैन ? भनी प्रश्न गर्दै सांसद यादवले गृह मातहतको सिडीओ कार्यालय के गरिरहेको छ ? वीरगंजमा परेको उजुरीमा ३९ प्रतिशतमात्रै पीडितको पक्षमा निर्णय भएको छ । बांकी सबै पीडकको पक्षमा न्याय भएको छ । यसमा सरकारको ध्यान जाओस् उहाको भनाइ थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -