spot_img
Homeदेशमधेशवीउवा संघ अध्यक्ष र प्रधानमन्त्री विच भेटघाटः कर, भंसार, राजस्व, प्रहरीका अवरोध...

वीउवा संघ अध्यक्ष र प्रधानमन्त्री विच भेटघाटः कर, भंसार, राजस्व, प्रहरीका अवरोध स्थगित गर्न माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ असोज ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले व्यवसायीहरुले भोगिरहेको समस्याका बारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउनु भएको छ ।
अध्यक्ष अग्रवालले प्रधानमन्त्रीसंग भेटघाट गरी व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा ध्यानार्षण गराउनु भएको हो ।
अध्यक्ष अग्रवालले हाल वीरगंज लगायत पर्सा/बारा क्षेत्रमा अवस्थित उद्योग व्यापारमा आएको समस्या र व्यवसायीक कठिनाईहरुका बारेमा ध्यानाकर्षण गराउनु भयो ।
भेटघाटको क्रममा बिशेष गरि उद्योग व्यवसायको प्रबर्द्धन र विकासका लागि नियमनकारी निकायहरु कर, भंसार, राजस्व, प्रहरीका अवरोध हाल स्थगित गरि उद्योगी व्यवसायहरुको मनोबललाई उच्च बनाएर अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु पर्ने आवश्यकता माथि जोड दिंदैं अध्यक्ष अग्रवालले अहिलेको समयमा राजस्व संकलनमा आएको कमी प्रति नेपाली निजी क्षेत्र पनि चिन्तित रहेको बताउनु भयो ।
उहाले राजस्व संकलन बृद्धि हुनु पर्छ भन्ने बिषयमा निजी क्षेत्रका भूमिका पनि खर्चिने क्रममा राजस्वको बृद्धि गर्नका लागि भंसार मूल्यांकनलाई पारदर्शी बनाउने, सन्दर्भ पुस्तिकालाई व्यवस्थित र वैज्ञानिक बनाउने जस्ता काम गर्न सके आयात र निर्यातको सन्तुलन संगसंगै स्थानीय व्यापार र राष्ट्रिय अर्थतन्त्र चलायमानमा ठूलो सहयोग पुग्ने तर्फ प्र
धानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको वीउवा संघले जनाएको छ ।
भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारी, वीरगंज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -