सहारा दैनिक

spot_img
Homeसमाचारझलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारः पुर्व मन्त्री सहित ७ जना विरुद्ध...

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारः पुर्व मन्त्री सहित ७ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ, २१ असोज (रासस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार सर्लाहीको लालबन्दीमा सो प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन गरी प्रशोधन र उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले उपलब्ध गराएको बजेटमा भ्रष्टाचार भएको पाइएको हो । कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/७७ को मधेश प्रदेश सरकारको बजेट वक्तव्यमा सङ्घीय सरकारले समपूरक अनुदानका रूपमा बजेट उपलब्ध गराएको थियो । आयोगले आर्थिक मामिला तथा योजनामन्त्री यादव र लालबन्दीका प्रमुख खड्काविरुद्ध रु १७ करोड ९८ लाख ३३ हजार बराबरको बिगो र कैद सजायको मागदाबी गरेको छ ।
आयोगले आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध रु तीन करोड २७ लाख, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि रु १७ करोड ९८ लाख ३३ हजार बराबरको बिगो र कैद सजायको मागदाबी गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -