spot_img

सरकारलाई असफल बनाउन देशी बिदेशी शक्तिहरु लागी परेको छ–उपाध्यक्ष सापकोटा



सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ असोज ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार बिभागका प्रमुख अग्नी सापकोटाले अहिले सरकारलाई असफल बनाउन देशी बिदेशी शक्तिहरु लागी परेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय भेला तथा अभिमूखीकरणका लागि वीरगंज आउनु भएका उपाध्यक्ष सापकोटाले प्रेस सेन्टर पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।
उहाले अहिले जनताले सरकार परिवर्तन नचाहेको भन्दै तत्काल सरकार फेरबदलको कुनै संभावना पनि नरहेको बताउनु भयो ।
बर्तमान सत्ता साझेदार मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै कांग्रेसको केन्द्रीय समितिको बैठकमा गठबन्धन लामो समय जाने भनेर भनिसकेकाले गठबन्धनमा कुनै समस्या नरहेको उहाले बताउनु भयो ।
बर्तमान गठबन्धनमा कुनै दरार आउदैन भन्दै उहाले एमाले र माओवादीका बीचमा कुनै तालमेल वा एकता हुने संभावना अहिले नरहे पनि बाम एकताको पक्षमा भने आफूहरु संधै रहेको बताउनुभयो ।
यस अघि नेकपा माओवादी केन्द्र मधेश प्रदेशको प्रचार तथा प्रकाशन बिभागले आयोजना गरेको अभिमुखकरणमा उपाध्यक्ष सापकोटाले माओवादीका पक्षमा पछिल्लो दिनमा जनताको बिश्वास बढ्दै गइरहेको दावी गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका सचिव एवम् मधेश प्रदेशका इन्चार्ज लीलामणी पोखरेलले माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानले मधेशमा धेरै परिवर्तन भएको दावी गर्नुभयो ।
प्रेस सेन्टरका उपाध्यक्ष एवम् मधेश प्रदेशका इचार्ज गोबिन्द देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, पूर्वमन्त्रीहरु अजय शंकर नायक, महेन्द्र पासवान, तीन महिने अभियानका संयोजकहरु क्षेत्र बहादुर श्रेष्ठ (अनिल), प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, राजु खड्का, राजन पौडेल लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले पार्टीको तीन महिने अभियानका लागि मधेस प्रदेश अभियान प्रचार प्रसार संयन्त्र गठन गरेको छ ।
प्रचार विभाग सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको संयोजकत्वमा २१ सदस्यीय संयन्त्र गठन गरिएको हो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर