सहारा दैनिक

spot_img
Homeसमाचारनिजी क्षेक्रको सत्रियता बिना आर्थिक विकास सम्भव छैन–मन्त्री रिजाल

निजी क्षेक्रको सत्रियता बिना आर्थिक विकास सम्भव छैन–मन्त्री रिजाल

ललितपुर, १९ असोज (रासस)
उद्योग वाणिज्य तथा आपूर्तिमन्क्री रमेश रिजालले निजी क्षेत्रको सत्रियता बिना आर्थिक विकास सम्भव छैन भन्ने धारणा राख्नुभएको छ ।
शङ्खमूलस्थित यल दरबारमा आज आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेक्रको सत्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।
“सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य सङ्घले पुर्‍याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहान्छु, निजी क्षेक्रको सत्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ, निजी क्षेक्रको सत्रियता बिना आर्थिक विकास सम्भव छैन, सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन”, मन्त्री रिजाल भन्नुभयो ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो । “हामीले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि महत्वपूर्ण काम गरिरहेका छौँ, उपभोक्ताको अधिकारका लागि पनि कानुन निर्माणका क्रममा रहेको छ, हाम्रो मन्त्रालय सहकार्य गरेर उद्योग वाणिज्य क्षेत्रको प्रवर्द्धनमा लाग्ने छ”, प्रदेशमन्त्री चित्रकारले भन्नुभयो ।
उहाँले निजी क्षेत्रलाई बलियो र लगानीमैत्री बनाउने गरी वातावरण तयार गर्नका लागि प्रदेश सरकार नीतिगत तथा कानुनीरूपमा सहयोग गर्न तत्पर रहेको धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले औद्योगिक नीतिमा भएको दोहोरोपन र अनावश्यक करलाई हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले नेपालको अर्थतन्त्रका बारेमा भएकोभन्दा बढी नकारात्मक प्रचारप्रसारका कारण समस्या बल्झिएको बताउनुभयो । उद्योग व्यवसायीलाई सहज हुने गरी करको दर घटाएर करको दायरा बढाउनुपर्नेमा उहाँको जोड थियो ।
उद्योग वाणिज्य महासङ्घका नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले व्यवसायीलाई सहजरूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले साना तथा घरेलु कार्यालयले गर्ने तालिम प्रभावकारी नभएको र लगानी खेर गइरहेको उल्लेख गर्दै तालिमका सन्दर्भमा उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको ब्याजदर बढी भएको भन्दै उद्योगी व्यवसायी ब्याज तिर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।
ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले हाल देखिएको समस्या समाधानका लागि तरलता व्यवस्थापन र ब्याजदरमा स्थायित्व कायम गर्न सरकार र राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -