सहारा दैनिक

spot_img
Homeदेशमधेशठुलो परिमाणमा प्रतिबन्धित लागु औषध बरामद

ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ असोज ।
पर्सा प्रहरीले वेवारिसे अवस्थामा प्रतिबन्धित लागु औषध बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं.२२ मनियारी स्थित खेतबाट वेवारिसे अवस्थामा रहेको प्रतिबन्धित लागु औषध वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले बरामद गरेको हो ।
स्थानीय देवेन्द्र यादवको खाली खेतमा २ वटा पहेलो रंगको बोराभित्र संकास्पद बस्तु रहेको भन्ने स्थानीयहरूले शुक्रवार सुचना दिए पश्चात वप्रका श्रीपुरबाट प्र.नि.धर्मजंग थिङको कमाण्डमा खटिएको टोलीले बोरा खोलेर हेर्दा प्रतिबन्धित लागु औषध म्क्ष्ब्श्भ्एब् ःक्ष्लवभअतष्यल २३३५ एम्पुल ल्इइच्एज्क्ष्ल् क्ष्लवभअतष्यल–३१६९ एम्पुल र एज्भ्ल्भ्च्न्ब्ल् क्ष्लवभअतष्यल ३४११ एम्पुल गरी ८९१५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वप्रकाले उल्लेखित परीमाणको लागु औषध वेवारिसे अवस्थामा बरामद गरी जिप्रकामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -