spot_img

मलंगवामा विहिवार देखि लगाइएको कर्फयु जारी



सहारा संवाददाता–––––––––––––––
मलंगवा, ०७ असोज ।
गणेश भगवानको मुर्ति सेलाउन लैजाने क्रममा गत बिहिवार दुई समुदाय विच उत्पन्न विवादले उग्र रुप लिंदा आइतवार सम्म पनि सर्लाही जिल्ला सदरमुकाम मलंगवा तनावग्रस्त अवस्थामै रहेको छ ।
हिन्दु र मुस्लिम समुदाय विचको तनावका कारण पटक–पटक झडप हुने अवस्था सृजना भए पछि स्थानीय प्रशासनले कफर््यु लगाएको छ ।
मलंगवा नगरपालिकामा बिहीबार राती १० बजे देखि लगाइएको कर्फ्यु निरन्तर रुपमा आइतवार सम्म जारी रहेको छ ।
कर्फ्यु लागेको चार दिन पुगि सक्दा पनि दुई समुदाय विचको द·ा नियन्त्रण हुन सकेको छैन । मलंगवामा व्यापक सुरक्षाकर्मी परिचालन भएपनि तोडफोड लगायतको अन्य हिंसात्मक गतिविधि आइतवार सम्म पनि जारी रहेको छ ।
मलंगवा नगरपालिका वडा नं. ४ का स्थानिय एक महिलाका अनुसार राती सुत्ने समयमा मुसलिम समुदायका करिब ५० जनाको समुहमा आएको हतियाधारी समुहका कारण हिन्दु समुदायका व्यक्तिहरुको भगाभाग भएको बताइन ।
ती हतियारधारी समुहको हातमा तलवार, खुकुरी लगायतको हतियार रहेको प्रत्यक्षदर्क्षीहरुले बताएका छन । हतियारधारी समुहले वडा नं. ४ बस्ने अजय ठाकुर, बिकाउ यादव र वडा नं. ३ का दर्जौनौ घरमा तोडफोड गरेको पनि स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन ।
हतियारधारीको समुहले घरको ढोका, ग्रील, झयालहरु फुटाएको स्थानियहरुको आरोप छ । स्थानीयहरुका अनुसार शनिवार बेलुका वडा नं. ४ निवासी नसिर र नुर हसनले खसी काटेर भोज भतेर गरी भारतबाट बोलाइएको र स्थानीय उछृङ्खल मुस्लिम समुदायका युवाहरुले हिन्दुहरुको घर–घरमा पुगेर तोडफोड गरेका थिए ।
उनीहरु अगाडी कोही परेको भए हत्या पनि गर्न सक्थे भन्दै स्थानियहरुले राती परालको टालमा आगलागी गरेर मुस्लिम समुदायले हतियार सहित द·ा सहित प्रदर्शन गरेपछि मलंगवा बजारका अधिकांस हिन्दु समुदायहरु घर छोडेर अन्यत्र गएको हाम्रा समाचारदाताले जनाएका छन ।
त्यसैगरी आइतवार मलंगवा नपा वडा नं.४ स्थित एक जनाको मोटरसाइकलमा आगजानी भएको छ ।
यसै विच जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रनाउ दिपेन्द्र पजियारले मलंगवाको अवस्था समान्य भएको दावी गर्नु भएको छ ।
उहाले समाजिक सञ्जालमा यो विषयलाई लिएर अनावश्यक टिक्काटिप्पणी भइ रहेको बताउदै घर जलाएको घटनामा कुनै सत्यता नभएको र समाजिक सदभाव कायम राख्न सबैमा आग्रह गर्नुभयो ।
मलंगवा नगरपालिकाका मेयर नागेन्द्र रायले यो दुई पक्षको बिबाद नभएर केही उछृङ्खल व्यक्तिहरुको विवाद भएको बताउनुभयो । उहाले आफुहरु समस्या समाधान गर्न दुई पक्षकै अगुवाहरुको बैठक बसी स्थिती समान्य बनाउनु लागि परेको बताउनुभयो ।
यता मधेश प्रदेशका प्रदेशसभा सदस्य कौशल किशोर रायले यत्रो ठुलो घटना भइसक्दा पनि प्रहरी प्रशासन मुख दर्शक भएर बस्नु दुःखद भएको बताउनुभयो । उहाले यो दुई समुदाय भन्दा पनि केही उछृङ्खल व्यक्तिहरुको द·ा फैलाउने काम गरेकोले ती व्यक्तिलाई कारवाही गरे अवस्था समान्य हुने बताउनुभयो ।
उहाले केही उछृङ्खल व्यक्तिहरुको काम भएकोले यस्ता घटनामा नलागी समाजिक सदभाव कायम गर्न आग्रह गर्नु भएको छ ।
स्थानीय प्रशासनले मलंगवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
दुई समुदाय विचको विवादका क्रममा रुपेश यादवलाई चक्कु प्रहार गरेको आरोपमा सर्लाही प्रहरीको मोहमद अजमद मिकरानीलाई पक्राउ गरेको छ । मोहमद मिकरानी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
दुई समुदाय विचको झडपमा परी प्रहरीसहित करीब ८ जना घाइते भएका थिए जसमध्ये मलंगवा निवासी रुपेश यादव गम्भिर घाइते भएका थिए । गम्भिर घाइते यादवको वीरगंज उपचार भइरहेको छ ।
हाल घाइते यादवको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रनाउ पंजियारले जानकारी दिनुभयो ।
विहिवार देखि सुरु भएको दुई समुदाय विचको तनावका कारण पटक–पटक कफर््यु उलंघन सहित प्रदर्शन र झडप भइ रहेकै अवस्थामा शुक्रवार दुई पक्ष बिचको तनावलाई समान्य बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वपक्षीय बैठक गरिएको थियो ।
सर्वपक्षिय वैठकले घटनाको सुक्ष्म रुपमा गहन समिक्षा गर्ने, सत्यतथ्य पता लगाई घटनाको दोषीलाई पक्राउ गरी हदै सम्म कारवाही गर्ने, ब्रहृमपुरी गाउपालिकामा तोडफोड गर्ने अराजक तत्वलाई पहिचान गरी कार्वाही गर्ने , घटना घटाइ मानविय क्षति पुर्‍याउने व्यक्ति पहिचान गरी निजबाट क्षतिपुर्ती गराउने, आगामी दिनमा यस प्रकारका घटनाको पुनरावृती हुन नदिन सबै पक्षबाट गम्भिरता पुर्वक आ–आफनो दायित्व निर्वाह गर्ने लगायतको निर्णय गरिएको भए पनि आइतवार सम्म पनि स्थिती नियन्त्रणमा नआएको मलंगवामा जारी कफर््यु आदेसले पुष्टि गर्छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर