सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ असोज ।
नारायणी अस्पताल वीरगंज छेउमा मंगलवार बिहान एक युवकको सव फेला परेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया स्थित नारायणी अस्पताल देखी दक्षिण पश्चिम तर्फ रक्त संचार केन्द्र (ब्लड बैंक) पछाडिको गल्लीमा सडक छेउमा अर्धनग्न अवस्थामा युवकको सव फेला परेको हो ।
स्थानीयले देखेर खबर गरे पछि पुगेका प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान एवं मुचुल्का गरी परिक्षणका लागी सव नारायणी अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्तम थापाले जानकारी दिनु भयो ।
अनुहारमा चोट लागेको र रगत बगेको अवस्थामा फेला परेको अन्दाजी २८/३० वर्षको निलो जिन्स पाइन्ट र जुत्ता लगाएको मृतक युवकको पहिचान नखुलेको प्रनाउ थापाले बताउनु भयो ।
सोमवार सांझ ति युवकलाई मादक पदार्थ सेवन गरेको अवस्थामा हिंडडुल गरिरहेको देखिएको स्थानीयलाई उद्दत गर्दै प्रनाउ थापाले बताउनु भयो ।
उहाले मृतक को हो, कहाँको हो र मृत्यु कसरी भयो भन्ने सम्बन्धमा सोध खोज तथा अनुसन्धान भइरहेको बताउनु भयो ।
Facebook Comments Box