सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ भदौ ।
पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित ३ नावालक सहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका टोलीले छुट्टा–छुट्टै स्थानबाट विभिन्न प्रतिबन्धित लागु औषध सहित ३ नावालक सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाका अनुसार प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १५ ब्रहमचोक स्थित सडकखण्डबाट संकास्पदरूपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा ३ जना नावालकहरूलाई खानतलासी गर्दा उनीहरुबाट लागु औषध नाईट्राभेट १४ पत्तामा ३३७ ट्याब्लेट फेला परेको हो ।
प्रहरीले खानतलासीका क्रममा सिन्धुली जिल्ला सुनकोशी गा.पा.वडा नं.२ बस्ने १७ वर्षीय नावालकले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट १४ पत्तामा ३३७ ( तिन सय सैतिस ) पिस ट्याब्लेट फेला परे पछि निजसंगै रहेका भक्तपुर जिल्ला चांगुनारायण न.पा.वडा नं.७ का १६ बर्षिय नावालक र बारा जिल्ला प्रसौनी गा.पा.वडा नं.३ को १७ बर्षीय नाबालकलाई पनि नियन्त्रणमा लिएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
त्यसै गरी विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएका टोलीले शनिवार राती वीरगंज महानगरपालिका वडा नं.२ छपकैया ईदगाह चोक स्थित सडकखण्डबाट विभिन्न लागु औषध सहित बारा जिल्ला प्रसौनी गा.पा.वडा नं.३ निवासी प्रदीप बोहरा क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी टोलीले संकास्पदरूपमा पैदल हिडिरहेको अवस्थामा क्षेत्रीलाई खानतलासी गर्दा निजले बोकेको झोलाभित्र सेतोटेपले वेरिएको तिनवटा प्याकेटमा प्रतिबन्धित लागु औषध नुरफिन–१४७ एम्पुल, फेनारगन–१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल फेला परेको प्रनाउ थापाले जानकारी दिनु भयो ।
लागु औषध सहित पक्राउ परेका नावालक सहित चारै जनालाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्रदान गरी अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
विभिन्न लागु औषध सहित चार जना पक्राउ

Facebook Comments Box