सहारा दैनिक

spot_img
Homeसमाचारजनतालाई धोका दिने अधिकार कसैलाई छैन–सभापति लामिछाने

जनतालाई धोका दिने अधिकार कसैलाई छैन–सभापति लामिछाने

गोरखा, ३० भदौ (रासस)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताउनुभयो ।
“हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ”, सभापति लामिछानेले भन्नुभयो । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उहाँको भनाइ थियो ।
देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताउनुभयो ।
सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -