spot_img

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शत्ति हुनुपर्छ–महामन्त्री थापा



काठमाडौँ, ३० भदौ (रासस)
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थाफाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शत्ति हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ॅजेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उहाँले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गर्नुभएको हो ।
“विपी भन्नुहुन्छ नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् विपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भन्नुभयो, “विपीले हामीलाई ॅच्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्क्रीसँग राज्यशत्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ”
उहाँले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गर्नुभयो । “मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने ”, उहाँले भन्नुभयो, “यदि यसलाई राम्रोसँग नपढेर, सा·ोपा·ो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले विपी यस्तो भन्नुहुन्थ्यो, उसो भन्नुहुन्थ्यो नभनौँ ।”
उहाँले विपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताउनुभयो । “यो पुस्तक कांग्रेस भएर महामानव (विपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ”, उहाँले पाठकलाई सुझाव दिँदै भन्नुभयो ।
कांग्रेसका महामन्त्री थापाले विपीले अध्ययन गर्नुभएका वा उहाँले सिफारिस गर्नुभएका पुस्तकसमेत सङ्कलन गर्नुपर्ने बताउनुभयो । यस्तै विपीले पढ्नुभएका साहित्यमा उहाँ स्वयंले गर्नुभएको समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा सङ्कलन गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।
लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै विपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन ।”
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठनशैली कमजोर भइरहेको भन्दै विपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले विपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको समेत बताउनुभयो ।
“यस पुस्तकमा विपी धेरै आयाममा फैलिनुभएको देखिन्छ, हाँसिरहेको, उदास भइरहेको, आशाको उचाइ र निराशाको गहिराइमा पुगेको विपीबारे बुझ्न सकिन्छ”, उहाँले भन्नुभयो । समाजवादको सविस्तारदेखि विपीका विभिन्न पाटोमा विरोधाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू विपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा विपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उहाँ स्वयंको मनोविज्ञानको प्रस· समेटनुभएको बताउनुभयो । यस्तै अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले विपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिनुभयो ।
प्रा डा कृष्ण खनालले विपीको जेल डायरीमा जीवन्तता पाइने बताउनुभयो । विपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उहाँको भनाइ छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर