सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ भदौ ।
बाल सुधार गृह वीरगंजमा कैदि बन्दीहरु विच भएको झडपमा प्रहरी सहित १० जना घाइते भएका छन ।
क्षमता भन्दा दोब्बर बाल कैदि बन्दीहरु रहेको सुधार केन्द्रमा मंगलवार दिउसै देखि समान्य विवाद हुदै आउदा बेलुका भने उग्र रुप लिए पछि झडप भएको हो ।
भक्तपुर बल सुधारगृहबाट ल्याइएका २३ जना कैदी बन्दी र पहिलै देखि यहाँ रहेका कैदि विच आपसमै झगडा गरेर बाहिर भाग्ने योजना बनाउन थालेपछि त्यहाँ भित्र तनाव बढदै गएर झडपको अवस्था आइपुगेको हो । उनीनाराबाजी गर्दै तोडफोडमा उत्रेपछि मंगलबार सांझ देखि स्थिति तनावग्रस्त बनेको हो ।
झडपका क्रममा ९ जना कैदी बन्दी घाइते भएका छन भने कैदीहरु ढु·ा मुढाका कारण एक जना प्रहरी पनि घाइते भएका छन ।
यो समाचार तयार पार्दा सम्म बाल सुधारगृहमा कैदि बन्दीहरुले प्रहरीलाई प्रवेस गर्न दिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रउ कोमल शाहले पटक–पटक माइकि· गरेर कैदि बन्दीहरुको समास्या बारे जिज्ञासा राख्दै शान्ती कायम गर्न आग्रह गर्दा पनि उनीहरुले अटेर गर्दै प्रहरी माथी ढु·ा मुढा गरेका छन ।
प्रहरीको व्यापक आग्रह पश्चात राती साढे ११ बजेको समयमा बाल सुधारगृहको छतबाट घाइते भएकाहरुलाई निकालेर प्रहरीको जिम्मा लगाए पनि भित्र भने प्रवेश गर्न दिएका छैनन् । घाइतेहरुको नाम यो समाचार तयार पार्दा सम्म प्रहरीले खुलाएका छैनन् ।
पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा ठूलो संख्यामा नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बलको टोलीले स्थितिलाई नियंत्रणमा लिने प्रयास गरिरहेका छन ।
भक्तपुरबाट ल्याइएका बाल कैदीहरुको उक्साहटमा लागेर सुधार केन्द्र भित्र रहेका अन्य वाल कैदीहरुले समेत ढुंगा प्रहार गरेको प्रहरीको भनाई छ ।
के कारणले बालसुधार केन्द्र भित्र रहेका बाल कैदीहरुले आन्दोलन गरेका हुन वा झगडा गरेका हुन भन्ने कुरा अझै बाहिर आउन सकेको छैन ।