सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ भदौ ।
अनुमति विना संचालनमा रहेको “वीरगंज स्कुल अफ ल” मा सिलबन्दी गरिएको छ ।
अनुमति नै नलिई संचालन गरेको फेला परेपछि वीरगंज महानगरपालिकाले बुधबार सिलबन्दी गरेको हो ।
अनुमति नलिई संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न महानगरका मेयर राजेशमान सिंहले दिनुभएको निर्देशन बमोजिम नियमन समितिले सिलबन्दी गरेको हो ।
त्यसै गरी वीरगंज महानगरपालिका वडा नं. ११ स्थित इम्पेरियल कलेजमा पनि वीरगंज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाएपछि सिलबन्दी गरेको हो ।
अनुमती लिएको नपाए पछि वीरगंज महानगरपालिका वडा नं. ५ स्थित बिजी बिज किड्स प्रि स्कुलमा पनि सिलबन्दी गरेको वीमनपाले जनाएको छ ।
सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाई, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादब लगायतका पुगेका टोलीले सिलबन्दी गरिएको हो ।
Facebook Comments Box