spot_img

वीउवा संघ पदाधिकारी र सशस्त्र प्रहरी बलका महानिरिक्षक विच छलफलः स्व. सप्रउ थपलियाको स्मृतीमा अक्षय कोष स्थापना गरिने



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ भदौ ।
वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी बल नम्बर १३ गणका तत्कालिन प्रमुख सप्रउ स्व. सुमन थपलियाको स्मृतीमा रु. २ लाखको अक्षय कोष स्थापना गरिने भएको छ ।
बुधवार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसंग वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुले गरेका भेटघाट तथा छलफलका क्रममा संघका अध्यक्ष अनिल कुमार अग्रवालले कोष स्थापना गर्ने बताउनु भयो ।
सो अवसरमा अध्यक्ष अग्रवालले स्व. थपलिया एक असल, इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रुपमा पर्सामा छोटो समयमैं आफ्नो पहिचान बनाउन सफल भएको बताउनु भयो ।
उहाले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउन, औद्योगिक सुरक्षा बलको पुनःस्थापना गर्न, स्थलगत भारतीय पर्यटकहरुलाई सहजीकरण गर्न, भारतीय पर्यटकहरुको सहजीकरणको लागि सिमामा आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न, डिजिटल सेक्युरिटीको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
उद्योगी व्यवसायीको तर्फबाट प्रस्तुत सुझावलाई गम्भिरता पुर्वक लिएको सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बताउनु भयो ।
उहाले वीरगंज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी स·ठन प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउनका लागि सिमावर्ती क्षेत्रका उद्योग वाणिज्य संघहरुको सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, वीउवासंघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, पूर्व अध्यक्ष अशोककुमार वैध, उपाध्यक्ष मनोजकुमार दास लगायतका सहभागीहरुले शान्ति सुरक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष शिवजीप्रसाद साह लगायत उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर