सहारा दैनिक

spot_img
Homeदेशमधेशप्रतिबन्धीत भारतीय नाट सहित एक पक्राउ

प्रतिबन्धीत भारतीय नाट सहित एक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ साउन ।
पर्सा प्रहरीले भारतीय प्रतिबन्धित नोट सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले भारतीय प्रतिबन्धीत नोट सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजार स्थित चेकजांच गर्ने क्रममा द्यच्द्दद्द ब्व् घज्ञढढ नम्बरको भारतीय मो.सा.लाई रोकेर चेकजांच गर्ने क्रममा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियांको शरिर खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीवाट भारतीय प्रतिबन्धित नोट बरामद भएको जिप्रकाले जनाएको छ ।
मियांको खल्तिबाट भा.रू. ५०० दरका नोट २४९ थान, भा.रू.१०० दरका नोट २ थान र रू.२० दरका नोट ३ थान गरी भा.रू.१ लाख २४ हजार ७ सय ६० फेला परे पछि मो.सा.सहित निजलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनएको छ ।
त्यसै गरी भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पनि पर्सा प्रहरीले नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले रु. १ लाख ८ हजार २ सय मुल्य बराबरको विभिन्न सामानहरु नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै प्रहरी चौकी इनर्वाको टोलीले रु. २ लाख ५० हजार मुख्य बराबरको कपडाहरु नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिइएको उक्त सामानहरु आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय बुझाएको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -