सहारा दैनिक

spot_img
Homeसमाचारकिसानको समस्या समाधान हुनुपर्छ–डा सिके राउत

किसानको समस्या समाधान हुनुपर्छ–डा सिके राउत

राजविराज, १३ साउन (रासस)
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताउनुभएको छ ।
सप्तरीको राजविराजमा आज आयोजित पार्टी प्रवेश, स·ठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उहाँले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्या समाधान हुनुपर्ने बताउनुभयो ।
तराई अन्नका भण्डार भएकाले यहाँ सिँचाइ सुविधाको राम्रो व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष डा रावतले खेती गर्ने समयमा पानी नपाएर तराईका किसान निरास हुने गरेको उल्लेख गर्नुभयो ।
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका डा राउतले मुलुकमा व्याप्त सिन्डिकेट प्रथाका कारण ठूला उद्योगधन्दा स्थापित हुन नसकेको जिकिरसमेत गर्नुभयो ।
आफूले रासायनिक मलको कारखाना नेपालमा स्थापनाका लागि भारत र जर्मनी सरकारसँग पहल गरेको दाबी गर्दै भारत सरकारले समेत नेपालमा रासायनिक मल कारखाना स्थापनाका बारेमा सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो ।
अहिले तराई मधेसका ऊर्जावान युवा विदेशमा पसिना बगाइरहेको भन्दै यही ठूला उद्योगको स्थापना गरेर भए पनि रोजगारी सिर्जना गरेमा देशले पनि आर्थिक समृद्धि हासिल गर्नेमा उहाँले जोड दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -