सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ साउन ।
हांसी खुशीले नेपालीहरुले मनाइने “दशैं पर्वलाई दसा” भनिने भनाइलाई चरितार्थ उद्योगी व्यवसायीहरुको जिवनमा प्रत्येक वर्ष झैं यस वर्ष पनि सुरुवात भएको व्यवसायीहरुले बताउने गरेका छन ।
एका तिर धारासायी अर्थतन्त्रका कारण उद्योगी व्यवसायी थलिएका छन भने अर्को तिर सरकारी निकायहरु अनुगमनको बहानामा छापामारी अभियान संचालनबाट त्रशित बनेका छन ।
कहिले वाणिज्य कार्यालय त कहिले खाद्य तथा गुण नियन्त्रण कार्यालय त कहिले नापतौल तथा गुणष्तर कार्यालयका साथै राजस्व अनुसन्धान कार्यालय, नेपाल प्रहरी त कहिले जिल्ला प्रशासन कार्यालयबाट हुने अनुगमनको नाममा छापामारीबाट उद्योगी व्यवसायी यसै त्रसित रहेका छन ।
यसै क्रममा दशै आउन २ महिना बांकी रहंदा बुधवार नापतौल तथा गुणस्तर कार्यालय वीरगंजले ६ व्यवसायीक प्रतिष्ठानमा अनुगमन रुपी छापामारी गरेका छन ।
वर्षै भरी कुनै न कुनै बहानामा अनुगमन एवं छापामारी हुने र त्यसक्रममा समान्य त्रुटि पनि भेटिए कानुनी भन्दा पनि अनावस्यक झमेला खडा गर्ने गरेको व्यवसायीहरुले गुनासो व्यक्त गर्ने गरेका छन ।
हुन त अवैध एवं अनियमित गतिविधि नियन्त्रण गर्न अनुगमन आवस्यक नै पर्छ । तर नियम कानुन को परिधि भित्र रहेर कानुन सम्मत गरे कुनै अफ्ठ्यारो नहुने पनि तर्क व्यवसायीहरुको छ ।
अनुगमनको नाममा उद्योग व्यापार नै ठप्प पार्ने गरी हुने गतिविधी प्रती मात्र हाम्रो असन्तुष्टी हो एक व्यवसायी बताउ छन ।
राज्य संयन्त्रको यस्ता नियमित गतिविधि निरन्तरता रहेकै अवस्थामा सरकारका उद्योगी व्यवसायी सम्बध निकायले विभिन्न नयां नयां अस्पष्ट निति ल्याएर झनै मर्माहत तुल्याउने गरेको उद्योगी व्यवसायीहरुको गुनासो सुनिन्छ । राज्यको यी नै गतिविधिका साथै पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भन्सार कार्यालयबाट जांच पास भई निस्किने मालबाहक सवारी साधन नियन्त्रणमा लिइ राजस्व अनुसन्धानमा बुझाउने परिपार्टी विकसित गरे पछि झनै समस्या उत्पन्न भएको व्यवसायीहरुको गुनासो छ । सरकारी निकायको यी नै गतिविधिका कारण बिहिवार मात्रै वीरगंजमा ४ जिल्लाका उद्योगी व्यवसायीका संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन । वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरी वीरगंज उद्योग वाणिज्य संघ, मोर· व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपालगंज उद्योग वाणिज्य संघले यस्तो चेतावनी दिएका हुन । सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिको पछिल्लो संस्करणको रुपमा लेबलि· सम्बन्धमा भंसार विभागद्वारा जारी सूचनाले थप अन्यौल सिर्जना गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । संघ संगठनका पदाधिकारीहरुले विगत केही महिनादेखि भंसार प्रशासनले राजस्व संकलनका नाउमा आयातकर्ताहरुलाई दुःख दिने कार्य गरिरहेको आरोप पनि लगाएका छन । उनीहरुले भंसारबाट जांचपास भई छुटेका मालवाहक सवारीसाधनहरुलाई अनुसन्धानका नाउमा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीका कारण पनि आयातकर्ताहरु मर्कामा परेको जनाइएका छन । आवश्यक प्रक्रियाहरु पु¥याई सम्पूर्ण कागजातहरुका बावजुद भंसार जांचपास भएका मालवाहक सवारीसाधनलाई दुःख दिने नियतले मालवस्तुको न्यून मूल्यांकन भएको भन्दै सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालय पठाउने परिपाटी पछिल्ला केही समयदेखि बढिरहेकोले उद्योग, व्यवसायमा थप समस्या सिर्जना गरेको आरोप व्यवसायीहरुको छ ।
उद्योगी व्यवसायीको जिवनमा दशैं लक्षित दसाको सुरुवातः अनुगमनको नाममा छापामारी अभियान संचालन

Facebook Comments Box