सहारा दैनिक

spot_img
Homeसमाचारमधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न आग्रह सहित प्रमुख निर्वाचन आयुक्तलाई महाअभियोग लगाउन...

मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न आग्रह सहित प्रमुख निर्वाचन आयुक्तलाई महाअभियोग लगाउन माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० साउन ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले तराई–मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्नु भएको छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले तराई–मधेसमा अहिले पानीको हाहाकार तर्फ सरकारको ध्यानाकर्षण गराउदै सुक्खा क्षेत्र घोषणा गर्न माग गर्नु भएको हो ।
उहाले अहिले तराई–मधेसमा पानीको कहर छ, साउने घामले बेस्सरी तातिएका तराईवासीले घडी घडी आकाश तिर हेर्छन्, टुक्रिएका बादल सल्लगै उडेर कहिले कता, कहिले कता पुग्छन् । थोपाहरू खस्छन् खोज्छन् तर एक छिनमै एक्लिन्छन् । देशभरि मनसुन छ, तर त्यहां पानी पर्दैन भन्नु भयो ।
सांसद यादवले तराई–मधेस क्षेत्रमा पहिले ५० देखि १०० फिट गाडिएका चापाकलहरूमा पानी आउने गरे पनि अहिले ३०० फिट खनेर गाड्दा पनि पानी नआएको बताउदै तराईवासीहरू एक थोपा पानीका लागि तर्सिरहेका छन् । राती भरि पानीको लागि लाइन बसिरहेका छन् । नगरपालिकाको गाडी कुरेर बस्छन् भन्नु भयो ।
मधेसमा जारी पानीको समस्या बारे प्रधानमन्त्रीलाई जानकारी गराए पनि बजेट अभावका कारण समस्या समाधान नहुन सकेको सुनाउदै उहाले सरकारसंग रहेको आकस्मिक बजेटलाई प्रयोग गर्न माग गर्नु भयो ।
प्रधानमन्त्रीलाई भेटेर आफूले पानीको समस्या बारे जानकारी गराएको सुनाउदै उनले भने, प्रधानमन्त्रीज्यूले तत्कालै खानेपानी मन्त्रीज्यूलाई बोलाएर समस्या समाधानका लागि काम अगाडि बढाउन भन्नु भएको थियो ।
खानेपानी मन्त्रीज्यूले पनि सोहीअनुसार मातहतका विभागहरूलाई निर्देशन पनि दिनुभयो । तर बजेट अभावका कारण समस्या समाधान हुन् सकेको छैन भन्नु भयो ।
सो अवसरमा एक फरक प्रस·मा सांसद यादवले प्रमुख निर्वाचन आयुक्तलाई महाभियोग लगाउन पनि माग गर्नु भयो ।
उहाले निर्वाचन आयुक्तले आफ्नो चरित्रहत्या गर्ने मनसायले विज्ञप्ति निकालेको आरोप लगाउदै महाभियोग लगाउन माग गर्नु भयो ।
सांसद यादवले जनप्रतिनिधिको चरित्र हत्या गरेर निर्वाचन आयुक्तले विज्ञप्ति निकालेका छन् । हामीले समयमै निर्वाचन खर्चको विवरण पेस गरेका छौं । जिल्ला निर्वाचन कार्यालयमा त्यसको रेकर्ड पनि छ । फेसबुकमार्फत पनि सार्वजनिक गरेका छौं ।
तर कानुनको आफै व्याख्या गरेर निर्वाचन आयुक्तले जरिवाना तोकेका छन् । त्यो खेदजनक छ । प्रमुख निर्वाचन आयुक्तलाई माफी माग्न अनुरोध गर्दछु । माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई मानहानि मुद्दा ठोक्नुपर्छ कि महाभियोग लगाउनुपर्छ, उहाले भन्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -