सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ साउन ।
वीरगंज महानगरपालिका वडा १७ अलौंमा १६ शैयाको अस्पताल शिलान्यास गरिएको छ ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहको उपस्थितिमा वडाअध्यक्ष सन्जिव बहादुर क्षेत्रीले मंगलबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गर्नुभएको हो ।
महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेको भन्दै त्यसै अनुरुप ग्रामिण क्षेत्रमा पर्ने १७ नम्वर वडामा अस्पताल बनाउन लागिएको मेयर सिंहले बताउनुभयो ।
ग्रामिण वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञ सेवा दिन सुरु गरिने भन्दै उहाले त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको बताउनुभयो ।
वडा नम्वर १७ मा सामान्य सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकी रहेकोमा यसै वर्ष भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल बनाउने काम सुरु गरिएको हो ।
रु. १ करोड २० लाखको लागतमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
अस्पतालमा विशेषज्ञ चिकित्सक, नर्स सहितको सुविधासम्पन्न सेवा उपलब्ध हुने छ ।
Facebook Comments Box