सहारा दैनिक

spot_img
Homeदेशमधेशहार्डवेयर तथा लत्ताकपडाहरू लोड ट्रक र पिकअप नियन्त्रण

हार्डवेयर तथा लत्ताकपडाहरू लोड ट्रक र पिकअप नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ साउन ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमवार वीरगंज महानगरपालिका वडा नं. १५ स्थित गण्डक सडकखण्डबाट हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३–०१–०२२ च ३५५५ नम्बरको पिकअप गाडीलाई रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि ट्रक र पिकअप नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक र पिकअप सहित हार्डवेयर तथा लत्ताकपडाहरूको अ.मु.रू. १ करोड ४३ लाख ६४ हजार २२ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -