सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ साउन ।
वीरगंज महानगरपालिका वडा नं. २० हरपतगंज र वडा नं. १४ बहुअरी स्थित रहेको उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) विद्यालयमा आधुनिक टेक्नोलोजी भएका कक्षा ( क्ष्ललयखबतष्खभ ीभबचलष्लन ऋभलतभच ९क्ष्ीऋ०) संचालनमा आएको छ ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीको पहलमा हरपतगंजको सामुदायिक विद्यालय तथा बहुअरीको कन्या विद्यालय (बनात) मा क्ष्ललयखबतष्खभ ीभबचलष्लन ऋभलतभच ९क्ष्ीऋ० स्थापना गरि संचालनमा आएको हो ।
उक्त आधुनिक कक्षाको एक कार्यक्रम विच राज्यमन्त्री रहबर अन्सारीले उद्घाटन गर्नु भयो ।
सो अवसरमा उहाले मेरो सानो प्रयासको शुरुआत भएको भन्दै अगामी दिनमा ठुल–ठुला कार्यहरु गर्ने बताउनु भयो ।
राज्यमन्त्री अन्सारीले नेपालको सरकारी विद्यालयमा नै त्यो विधि ल्याएको र त्यसबाट गाउघरका गरिब, जेहेन्दार विद्यार्थीहरुले पुर्ण लाभ उठाउने तथा विदेशबाट पढेर आएका धनाढय व्यक्तिहरुका बालबालिकासंग कम्पटिशन गर्न सकोस भन्ने चाहना रहि आएकोले मैले यो आधुनिक प्राविधिक कक्षा संचालनमा ल्याएको बताउनु भयो ।
Facebook Comments Box