सहारा दैनिक

spot_img
Homeदेशमधेशनारायणी अस्पतालमै मृगौला प्रत्यारोपणको तयारीः मेयर सिंह र वरिष्ठ मृगौला तथा लिभर...

नारायणी अस्पतालमै मृगौला प्रत्यारोपणको तयारीः मेयर सिंह र वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. श्रेष्ठ विच छलफल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ असार ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पताल वीरगंज मै मृगौला प्रत्यारोपण सेवाका लागी पहल गर्नु भएको छ ।
मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द् श्रेष्ठ सहितको टोलीसंग छलफल गरी नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने बारे मेयर सिंहले पहल गर्नु भएको हो ।
वीरगंज महानगरपालिका कार्यालयमा मंगलबार भएको वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द् श्रेष्ठ सहितको टोलीसंग छलफलमा मेयर सिंहले मृगौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
छलफलमा वीरगंज सहित मधेस प्रदेशको मृगौला बिग्रिएको र डायलासिसमा रहेको बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने मेयर सिंहले बताउनु भएको छ ।
सो अवसरमा नारायणी अस्पतालमा इन्फेक्सन नहुने गरि अपरेसन थियटर बन्न सुरु भए पछि यहा आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समुहले मृगौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताउनु भयो ।


नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिना भित्रमा नै मृगौला प्रत्यारोपण हुन सक्ने निर्देशक डा.श्रेष्ठले बताउनु भयो ।
छलफलमा नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले मृगौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडै मृगौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरुले तयारी गरेको जानकारी दिनु भयो ।
वरिष्ठ उद्योगपती तथा समाजसेवी अशोक बैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मृगौला प्रत्यारोपणको लागि पनि सहयोग गर्ने बताउनुभयो ।
छलफलमा स्वास्थ विटको जानकार वरिष्ठ पत्रकार अतुल मिश्र, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, हेल्थ टुडेका सम्पादक पदम राज जोशी, महानगरका प्रेस सल्लाहकार महेश दास, मृगौला प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -