सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ असार ।
शान्ति सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशले प्रदेश प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
मधेश प्रदेशमा बढ्दो चोरीको घट्ना प्रति ध्यानाकर्षण गराउदै महासंघले मंगलवार मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजि जनक भट्टराईलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
महोत्तरी जिल्ला स्थित वर्दिवास नगरपालिका वडा नं. १४ औरही रोडमा रहेको न्यू साई ज्वेलर्स र श्री हरी ज्वेलर्समा आइतवार बिहानै सटर तोडेर भएको चोरीको घटना बारे ध्यानाकर्षण गराउदै शान्ति सुरक्षाको सुक्षम व्यवस्था गर्न महासंघले माग गरेको महासंघका प्रदेश सचिव प्रवेश सर्राफले जानकारी दिनु भयो ।
उक्त पसलहरुको सटर खोलेर गहना राख्ने लकर सहित चोरी हुंदा पनि नजिकै रहेको सुरक्षाकर्मीहरुलाई थाहा नभएको घटनाले सुरक्षा संयन्त्र प्रती प्रश्न चिन्ह खडा भएको महासंघले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा यस क्षेत्र वरपर भइ रहेको चोरी डकैति र लुटपाटका घटनाहरुले हाल व्यवसायीहरु आर्थिक समस्याबाट गुज्रिरहेको बेला यस्ता घटनाहरु झनै बढ्न सक्ने भएकोले नगर, उद्योग व्यवसायी र नगरवासीहरुलाई सुरक्षाको वातावरण बनाई सुरक्षीत महसुस गराउने विषय तर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन माग गर्दै चोरी गर्नेलाई अभिलम्भ पक्राउ गरी कारवाही गर्न माग महासंघले गरेको छ ।
ज्ञापन पत्र बुझाउन पुगेका महासंघका टोलीबाट ज्ञापन पत्र बुझ्दै डिआइजि भट्टराईले हामी संवेदन सिल भएर लागी परेको र प्रहरी ले सफलता प्राप्त गर्ने आश्वासन दिएको महासंघका सचिव सर्राफले बताउनु भयो ।
सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष शिव कुमार सर्राफ, मधेस प्रदेश महासंघका उपाध्यक्ष विनोद भण्डरी, सचिव प्रबेश कुमार सर्राफ, कोषाध्यक्ष, भिमबहादुर विश्वकर्मा, प्रदेश सदस्य अर्जुन साह तथा महोतरीका अध्यक्ष शम्भु साह सहितको टोली ज्ञापन पत्र बुझाउन पुगेको सचिव सर्राफले जानकारी दिनु भयो ।