सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ असार ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज बनाउने अभियानमा युवाहरुको सक्रिय सहभागिताको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल युवा उद्यमी मंचको तेस्रो साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो आवश्यकता औल्याउनु भएको हो ।
उहाले आफ्नो ठाउ बनाउन युवाहरु नै अग्रसर हुनु पर्नेमा जोड दिदै मेरो उर्जाको स्रोत नै युवाहरु हुनुहुन्छ, वीरगंज बनाउने अभियानमा युवाको सक्रिय सहभागिताको आवश्यकता छ भन्नु भयो ।
उहाले युवा उद्यमी मित्रहरुमा सक्रियताको केही कमी भएको हो कि भन्ने महशुस गरेको छु, भन्दै सक्रिए भएर लाग्न यहीबाट आह्वान गर्दछु भन्नु भयो ।
सो अवसरमा उहाले नवप्रवर्तन तथा नया“ उद्यमका लागि युवाहरुले अघि सारेको योजना कार्यान्वयन गर्न महानगर कांधमा कांध मिलाएर हिंड्न तयार रहेको बताउनुभयो ।
मेयर सिंहले कुन उद्योग गर्दा वीरगंजलाई फाइदा हुन्छ, यहाका युवाहरुले अवसर पाउछन्, त्यस्ता योजनामा महानगर सँधै युवाहरुलाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध कुमार गुप्ता, उद्योगी अशोक वैद्य, गणेश लाठ, अनुप अग्रवाल लगायतको सहभागिता रहेको थियो ।