सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ असार ।
शिरडी साईबाबा मन्दिर सेवा ट्रस्ट वीरगंजको अध्यक्षमा हीरा लाल साह कानु चयन हुनु भएको छ ।
आइतवार र सोमवार भएको ट्रस्टको साधारणसभाले कानुको अध्यक्षतामा ९ सदसीय सञ्चालक समिति चयन गरेको हो ।
निवर्तमान अध्यक्ष डा. प्रमोद कुमार सर्राफ २ वर्षे कार्यकाल पश्चात् नयां सञ्चालक समिति चयन भएको हो ।
ट्रस्टको सञ्चालक समिति उपाध्यक्षमा प्रबेश कुमार सर्राफ, सचिव दिपेन्द्र श्रेष्ठ, स–सचिव आकाश कुमार सर्रफ र कोषाध्क्ष प्रदीप कुमार रु·टा चयन भएका छन भने सदस्यहरुमा क्रमशः संजय कुशवाहा, रेणुका देबी सर्राफ, मनोज रौनियार र वीरेन्द्र कुमार रहेको ट्रस्टले जनाएको छ ।
Facebook Comments Box